२०८१ चैत्र २९ गते शुक्रबार
मुख्य मेनु
अपडेटहरु
कक्षा १२ को काठमाडौँ उपत्यका भित्रका परीक्षा केन्द्र निर्धारण सम्बन्धी सूचना २०८२ सालको कक्षा १२ को बार्षिक परीक्षा सञ्चालन तथा व्यावस्थापनका लागि केन्द्राध्यक्षज्यूहरुमा अनुरोध धन्यवाद ज्ञापन सम्बन्धमा l माध्यमिक शिक्षा परिक्षा (SEE )सम्बन्धमा अपील । कक्षा १२ को परीक्षा केन्द्र निर्धारण सम्बन्धी सूचना कक्षा ११ को विषय दर्ता, पुराना आंशिक तथा ग्रेडवृद्धि एवं नियमित परीक्षार्थीहरूकोपरीक्षा आवेदन फाराम भर्नेम्याद... नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी, भक्तपुर पुराना... नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी, भक्तपुर कक्षा... कक्षा १२ को मौका परीक्षाको पुनः परीक्षणको नतिजा प्रकाशन सम्बन्धी सूचना शोधपत्र अनुदान प्रस्ताव आव्हानको सूचना । कक्षा ११ को विषय दर्ता, पुराना आंशिक तथा ग्रेडवृद्धि एवं नियमित परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम... शिक्षकको विवरण (रोष्टर) वार्षिक कार्यतालिका २०८०/०८१ (कक्षा १०) । वार्षिक कार्यतालिका २०८१ (कक्षा १०) । वार्षिक कार्यतालिका २०८०/०८१ (कक्षा ११/१२) । वार्षिक कार्यतालिका २०८१/८२ (कक्षा ११/१२) । कक्षा १२ को नियमित र आंशिक परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्ने/भराउने सम्बन्धी संसोधित सूचना कक्षा ११ को विषय दर्ता आवेदन फाराम सम्बन्धमा । पूर्वावश्यक पाठ्यक्रम (Pre-requisite Course) को मौका परीक्षाका परीक्षाफल प्रकाशन सम्बन्धी विज्ञप्ती । कक्षा १२ को पुनः परीक्षणको नतिजा प्रकाशन सम्बन्धी सूचना । राष्ट्रिय परीक्षा बोर्ड नियमावली-२०७६ पूर्वावश्यक पाठ्यक्रम (Pre-requisite Course) को परीक्षा सञ्चालन सम्बन्धी सूचना पूर्वावश्यक पाठ्यक्रम (Pre-requisite Course) को परीक्षा केन्द्र परिवर्तन सम्बन्धी सूचना कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षाफल प्रकाशन सम्बन्धी विज्ञप्ती रजिष्ट्रेशन आवेदन (विषय दर्ता) फाराम भर्ने सम्बन्धी सूचना पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीहरूलाई कक्षा ११ र १२ कोपरीक्षा आवेदन फाराम भर्नका लागि अवसर... नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरको पूर्वावश्यक पाठ्यक्रमको परीक्षाफल प्रकाशन सम्बन्धी विज्ञप्ती अनलाइनको माध्यमबाट मात्र आबेदन पेश गर्ने सम्बन्धी सूचना बढुवा दरखास्त फाराम (जेष्ठता र कार्यसम्पादन तथा कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवा) दरखास्त फाराम (सिमित आन्तरिक प्रतियोगितात्मक परीक्षा)
/ हाम्रो बारेमा

हाम्रो बारेमा

अध्यावधिक मिति २०८१ माघ ७ गते सोमबार

शिक्षा (आठौं संशोधन) ऐन, २०७३ कार्यान्वयनमा आए संगै उच्च माध्यमिक शिक्षा परिषद् खारेज भई राष्ट्रिय परीक्षा बोर्ड क्रियाशील भइसकेको छ । साविकको उच्च माध्यमिक शिक्षा परिषद् बाट सम्पादन हुँदै आएका सम्बन्धन विद्यालय अनुमति, छात्रवृत्ति,विद्यालय संचालन सम्बन्धी कार्य स्थानीय तहबाट व्यवस्थापन गरिने र पाठ्यक्रम निर्माण, विकास एवं समकक्षता निर्धारण सम्बन्धी कार्य पाठ्क्रम विकास केन्द्रबाट सम्पादन गर्ने गरी कार्यक्षेत्र निर्धारण भएका छन् । कक्षा १० ( एस.इ.इ) को परीक्षा एवं कक्षा ११ र १२ (एस एल सी ई)को परीक्षा सम्बन्धी कार्यहरुलाई राष्ट्रिय परीक्षा बोर्डको क्षेत्राधिकार भित्र आवद्ध गरिएको छ । साथै,कक्षा १० को परीक्षा प्रादेशिक स्तरमा संचालन गर्ने र समग्र विधालय शिक्षाको परीक्षालाई समेत दिशानिर्देश गर्ने दायित्व राष्ट्रिय परीक्षा बोर्डको परिधि भित्र समाहित गरिएकोछ।

ऐनमा भएको व्यवस्था अनुसार विद्यालय शिक्षाको परीक्षा संचालन, व्यवस्थापन र उन्नयनका लागि स्थापना गरिएको राष्ट्रिय परीक्षा बोर्डको मूलकार्य परीक्षा पद्धतिको विकासमा केन्द्रित रहेको छ । राष्ट्रिय परीक्षा बोर्ड अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्थाको रुपमा शिक्षा ऐनमा परिभाषित गरिएको छ । बोर्डको सबै कामकारवाहीको निमित्त आफ्नो एउटा छुट्टै छाप रहेको छ । उच्च माध्यमिक शिक्षा परिषद्को परीक्षा नियन्त्रण कार्यालयबाट सम्पादन हुँदै आएका सबै कामकारवाही राष्ट्रिय बोर्डबाट संचालन भइरहेका छन् । उच्च माध्यमिक शिक्षा परिषद्को नाममा रहेको चल /अचल सम्पत्ति तथा दायित्व बोर्डमा सरेको छ ।

बोर्डको गठन :

राष्ट्रिय परीक्षा बोर्डको गठन विधि निम्नानुसार रहेको छ :

१) मान्यताप्राप्त विश्वविद्यालयवाट कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरेको र शिक्षा तथा परीक्षा सम्बन्धी क्षेत्रमा कम्तिमा बाह्र वर्षको अनुभव प्राप्त व्यक्तिहरु मध्येबाट लोकसेवा आयोगको अध्यक्षको अध्यक्षतामा ख्यातिप्राप्त शिक्षाविद्हरु मध्येबाट कम्तीमा एकजना महिला सहित मन्त्रालयले मनोनयन गरेका दुईजना सदस्य रहेको समितिको सिफारिसका आधारमा नेपाल सरकारले नियुक्त गरेको व्यक्ति -अध्यक्ष
 २) शिक्षा मन्त्रालयको सचिव -उपाध्यक्ष
 ३) मन्त्रालयको सहसचिव (विद्यालय शिक्षा हेर्ने) -सदस्य
 ४) महानिर्देशक, शिक्षा विभाग -सदस्य
 ५) कार्यकारी निर्देशक, पाठ्यक्रमविकास केन्द्र -सदस्य
 ६) सदस्य सचिव, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् -सदस्य
 ७) परीक्षा नियन्त्रक, त्रिभुवन विश्वविद्यालय -सदस्य
 ८) प्राध्यापन, शिक्षा प्रशासन र परीक्षा क्षेत्रमा कम्तिमा दश वर्षको अनुभव प्राप्त गरी विशेषज्ञता हासिल गरेका व्यक्तिहरु मध्येबाट बोर्डले मनोनित गरेका कम्तिमा दुईजना महिला सहित तीनजना -सदस्य
 ९) सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका प्राध्यानाध्यापकहरु मध्येबाट कम्तिमा एकजना महिला सहित मन्त्रालयले मनोनित गरेका दुईजना -सदस्य
 १०) नेपाल शिक्षा सेवाको राजपत्रांकित प्रथम श्रेणीको अधिकृत वाबोर्डको वरिष्ठ कर्मचारीहरु मध्येबाट मन्त्रालयले तोेकेको कर्मचारी -सदस्य

सचिब बोर्डको काम,कर्तव्य र अधिकारः
राष्ट्रिय परीक्षा बोर्डको काम,कर्तव्य र अधिकार निम्नानुसार तोकिएको छ :
क) मन्त्रालयले स्वीकृत गरेको परीक्षा सम्बन्धी नीतिको अधीनमा रही बोर्डको नीति निर्धारण गरी कार्यान्वयन गर्ने / गराउने,
 ख) बोर्डको दीर्घकालीन योजनात यार गरी कार्यान्वयन गर्ने / गराउने,
 ग) विद्यालय शिक्षा परीक्षाको मर्यादा र गुणस्तर कायम भए नभएको सम्बन्धमा मूल्यांकन गर्ने / गराउने,
 घ) बोर्डको वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गर्ने,
 ङ)बोर्डको काम सुचारु रुपले सञ्चालन गर्न आवश्यक आर्थिक स्रोत जुटाउने,
 च) बोर्डको आवधिक तथा वार्षिक प्रतिवेदन मन्त्रालयमा पेश गर्ने,
 छ) तोकिए बमोजिमको अन्य कामहरु गर्ने / गराउने ।

 बोर्डको कार्यालय तथा कार्य सञ्चालन :

राष्ट्रिय परीक्षा बोर्डको कार्यालय साविकको उच्च माध्यमिक शिक्षा परिषद्को कार्यालय रहेकै स्थापना भई दैनिक कार्य संचालन भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा ११ र १२ को परीक्षा र कक्षा १० को परीक्षा सम्बन्धी कार्य छुट्टा छुट्टै परीक्षा नियन्त्रण कार्यालय बाट भइरहेका छन् । बोर्डको केन्द्रिय कार्यालय , प्रदेश कार्यालयहरु र जिल्लास्थित शाखा कार्यालयहरुबाट विद्यार्थीहरुलाई प्रमाणपत्रहरु वितरण लगायतका कामहरु हुने गरेका छन्र l पुराना विधार्थीहरुका लागि यस्ता प्रमाणपत्र हरुमा राष्ट्रिय परीक्षा बोर्डको छाप लगाई, द्रव्यष्टमा NB:- "This certificate has been issued by the National Examinations Board pursuant to clause 41 (2) of the Education Act (8th Amendment), 2073 B.S. (2016 A.D.)” भन्ने वाक्यांश लेखिएको प्रमाणपत्र वितरण गरिने कार्य भइरहेको छ ।

बोर्डको कार्यक्षेत्र:
 माध्यमिक शिक्षाको कक्षा दश र माध्यमिक शिक्षाको अन्त्यमा हुने कक्षा बाह्रको परीक्षा बोर्डबाट सञ्चालन हुने गरी कार्यक्षेत्र तोकिएको छ । कक्षा दशको परीक्षा प्रदेश तहमा र कक्षा ११ र १२ को परीक्षा केन्द्रिय तहबाट संचालन गरिएका छन्।

बोर्डका शाखा कार्यालयहरुः
राष्ट्रिय परीक्षा बोर्डका ७ वटा प्रदेश कार्यालयहरु र ४ वटा जिल्लास्थित शाखाकार्यालयहरुले जिल्ला शिक्षा विकाश तथा समन्वय इकाई संग समन्वय गरी सेवा प्रवाह गर्ने गरी कार्य गरिरहेका छन् ।

बोर्डका प्रदेश तथा शाखा कार्यालयहरु:
राष्ट्रिय परिक्ष बोर्डका ७ वटा प्रदेश कार्यालयहरु र ५ वटा शाखाकर्यलायाहरुले जिल्ला स्थित शिक्षा बिकाश तथा समन्यय इकाई संग समन्वय गरि सेवा प्रवाह गर्ने गरि कार्य गरिरेका छन्